निर्मलाको घटनालाई बङग्याउने चलखेल

प्रदे-७ मा बलात्कारविरुद्ध चार महिने अभियान सुरु

प्रदे-७ मा बलात्कारविरुद्ध चार महिने अभियान सुरु
+
-

धनगढी- प्रदेश ७ मा बलात्कारपछि हत्याका घटना बढदै गएपछि बलात्कार विरुद्ध चार महिने अभियान सुरु गरिएको छ।

महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल नामक सस्थाले शुक्रवारदेखि बलात्कार विरुद्ध चार महिने अभियान सुरु गरेको हो।

उक्त अभियानबारे जानकारी दिन शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उक्त अभियान सुरु भएको जानकारी गराईएको हो।

बलात्कारका घटना न्युनिकरण र घटनामा सग्लनलाई कानुनी दायरामा ल्याउन उक्त अभियानले सहयोग पुग्ने महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी अध्यक्ष डा. रणु अधिकारी राज भण्डारीले बताईन्।

उक्त अभियान अन्तर्गत हरेक हप्ताको शुक्रवार दिउसो ११ देखि १२ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाढी धर्ना दिईने छ भने हरेक महिनाको अन्तिम दिन र्‍याली निकालिने छ।

एक हप्ताभित्र सरोकारवालासगस छलफल गरि समुदाय समुदाय तहदेखि अभियान सञ्चालनका लागि कार्य योजना तयार गर्ने, हरेक जिल्लामा र्‍याली एंव जिल्ला समन्वय समिति अगाढी धर्ना, पत्रकार, प्रहरी लगायत सरोकारवालासग लैङगिक सवेदनशिलताबारे अन्तरक्रिया गरिने बताईएको छ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी केन्द्रिय सदस्य तथा कैलाली अध्यक्ष निर्मला बागचन्द सयोजक रहेको अभियानमा अनौपचारिक सेवा केन्द्र ईन्सेकका कृष्ण विक सह–सयोजक र सिविन नेपालका हिरालाल चौधरी सदस्य रहेका छन्।

निर्मलाको घटनालाई बङग्याउने चलखेल


यस्तै, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्नुको साटो घटनालाई बङग्याउने चलखेल भईरहेको आरोप लगाएको छ।

विहिवार घटनास्थलको अनुगमन, प्रहरी र बालिकाका आफन्तसगको भेटघाट र छलफलपछि राजनीतिक दवावका कारण, मुद्धालाई बङग्याउने प्रयास भईरहेको पाईएको भण्डारीले बताईन्।

‘बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा प्रशस्तै शका गर्ने आधार छ।’ उनले भनिन्।

घटनाको अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवि) को टोली परिचालन गर्नु सकरात्मक रहेपनि १५/१५ दिनसम्म घटनाबारे केही पत्ता नलाग्नु आफै शकास्पद रहेको उनले दाबी गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?