
जनकपुरधाम– जिल्ला निर्वाचन कार्यालय, महोत्तरीकी प्रमुख पिंकी रायको निधन भएको छ ।जनकपुर उपमहानगरपालिका २३ विन्धीकी रायको ब्रेन ट्युमरका कारण शुक्रवार साँझ ज्यान गएको हो।
भारतको दिल्लीस्थित राजिवगान्धी क्यानसर अस्पतालमा उपचारको क्रममा रायको मृत्यु भएको उनका आफन्त तथा महोत्तरीको मठिहानी नगरपालिका प्रमुख हरी मण्डलले जानकारी दिए। उनको शव शनिबार राति नेपाल ल्याइने समेत उनले जानकारी दिए।
करिब डेढ महिनादेखी विरामी रहेकी रायको हातमा समस्या देखिएपछी जलेश्वर अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार संभव नभएको भन्दै जनकपुर, त्यसपछि काठमाडौँ लगिएपनि उपचार भएको थिएन।
नेपालमा उपचार संभव नभएपछी रायलाई केहिदिन पहिले भारतको दिल्लीमा उपचारका लागि लगिएको थियो।
जलेश्वर नगरपालिका ७ माइती घर भएकी ३४ वर्षिय रायका एक सन्तान छन्। श्रीमान् अशोक चौधरी धनुषाको कोल्हुवा उच्च माविका प्राचार्य हुन्।