नासाको ‘मिसन टु टस द सन’ अभियान सुरु

सूर्यलाई छुन नासाले पठायो ‘पार्कर सोलार’

+
-

एजेन्सी- अमेरिकी अन्तरिक्ष निकाय, नासाको ‘मिसन टु टस द सन’ अथार्त सूर्यको नजिकै पुगेर त्‍यसको अध्ययन गर्ने अभियान अन्‍तर्गत आइतबार
पर्कर सोलार प्रोब नामक स्याटालाइट पठाएको छ।

नासाले पृथ्वीबाट अमेरिकाको केप कानाभेर, फ्लोरिडाबाट स्थानीय समय ७ बजेु ३१ मिनेटमा उक्त स्याटालाइट पठाएको हो। स्याटालाइट पठाएपछि नासाका वैज्ञानिकहरुमा खुसी छाएको छ।


उनीहरुले नासाको यो काम प्रशंसनीय भएको बताएका छन्। सन १९८५मा पहिलो पटक सोलार वाइन्टमा यात्रा गरेका ९१ वर्षीया एस्ट्रोलोजिस्ट इयूजिनी पार्करले खुसी भाव व्‍यक्त गरेका छन्।

उनले भनेका छन्, ‘ आहा! हामी यहाँ छौ। आउँदा धेरै वर्षहरुमा हामीले धेरै कुराह सिक्न पाउनेछौ। हाम्रो खोज अझ विस्तार हुने छ र सूर्यको व्‍यवहार र त्‍यसमा लुकेर रहेका रहस्यबारे थाहा पाउनेछौ थोरे भए पनि।’

उक्त रकेटको लागत एक अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको छ। पार्कर सूर्यको बाहिरी वायुमण्डल वा कोरोनासम्म पुग्नेछ । यो स्याटेलाइटले रहस्यको रुपमा रहेको सूर्यका केही विशेषता बारे जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तीव्र गतिमा निर्माण भएको पार्कर स्याटेलाइटले प्रतिघण्टा ४ लाख ३० हजार माइल दूरी तय गर्न सक्नेछ। अबको सात वर्षभित्र यो सूर्यको बाहिरी क्षेत्रमा पुग्नेछ । सूर्य पृथ्वीबाट ९३ मिलियन माइल पर रहेको छ।

नासाले स्थानिय समय अनुसार आइतबार बिहान फ्लोरिडामा रहेको केप कानाभेलारबाट स्याटेलाइट पठाउने छ। पार्करले यो सबै दूरी पार गर्ने नभएर सूर्यको निकै नजिक पुग्ने हो।

पार्करले १००० डिग्री सेल्सियस भन्दामाथिको तापक्रम सहन गर्न सक्छ । पार्करले सोलार विण्डका बारेमा विशेष अध्ययन गर्ने नासाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?