
काठमाडौँ- विश्वचर्चित ब्रान्ड ‘एङ्कर’ अब नेपालमा भित्रिएको छ। नेपालको लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक रहेको पशुपति ट्रेड लिङ्क प्रालिले उसलाई नेपालमा भित्र्याएको हो।
एंकर चाइनाको लिडिङ्ग कन्जुमर इलेक्ट्रोनीक्स ब्राण्ड रहेको एंकरले पावर ब्याक, पोर्टेवल प्रोजेक्टर, युएसबी केवल, ब्लुटुथ एयरफोन, वायरलेस चार्जर, वालचार्जर र ब्लुटुथ स्पीकर नेपाली बजारमा उपलब्ध गराउने छ।
यसका साथै कम्पनीले ती सामानहरुमा १८ महिनाको रिप्लेसमेन्ट वारिन्टी दिनेछ। यस्तै एंकरको नेबुला मार्स प्रोजेक्टरमा १० वाटको २ वटा स्पीकर र १५० इन्चको तस्विर उपलब्ध गरा जुन १२८० वाइ ७२० को क्लिीयर रेजुलेशन हुनेछ।
यो प्रोजेक्टर एन्डरोइड ७.१ मा चल्छ र यसमा बील्ड इन वाइफाइ र ब्लुतुथ रहेको छ जसले गर्दा युट्युव र नेटफ्लिक्सका भिडीयोहरु हेर्न निकै सहज हुन्छ। यसमा ८ जीवीको इन्टरनल स्टोरेज पनि रहेको छ साथै अरु डिभाइसहरु कनेक्ट गर्न एक्टरनल आईओहरु एचडीएमआई तथा युएसबी ३.० पोर्ट रहेको छ। यसमा १२५०० एमएएचको ब्याट्री पनि रहेको छ जसले ४ घण्टा सम्मको व्याकअप दिन्छ।
पशुपती ट्रेड लिङ्कका मार्केटिङ्ग मेनेजर धिरेन्द्र कुसवहाका अनुसार ‘यो टेक्नलोजीको युगमा मानिसहरु लेटेष्ट टेक्नलोजीका इलेक्ट्रोनिक्स सामानहरु आफ्नो दैनीक जीवनमा प्रयोग गर्न चाहन्छन्।मोवाइल बाहेक पावर बैक तथा चाजीङ्ग केवल पनि आफ्नो साथमा राख्ने गरिन्छ।उपभोक्ताहरु राम्रो टेक्नलोजी तथा गुणस्तरका स्मार्टफोन, ल्यापटप र इलेक्ट्रोनिक्स सामानहरु किन्न चाहन्छन् तर चार्जर र केवल भने साधारण तथा हाइकपी किन्ने गर्दछन्।
धेरै व्यक्तिहरुलाइ सस्ता कम गुणस्तरका सामानहरुको वेफाईदाहरु जसले आफ्नो बहुमुल्य सामानको पर्फमेन्स कम गरेको, व्याट्री लाइफ घटाएको तथा स्लो बनाएको जस्ता कुराहरु थाहानै हुदैन।यही सन्धर्वमा हामीले विश्व एंकर जस्तो विश्वस्तरीय ब्राण्ड नेपालमा भित्राएका छौ जसले व्याट्री लाइफ, पर्फमेन्स तथा इफिसीयन्सीको वृद्धि गर्छ। हामी सबै उपभोक्ताहरुलाई राम्रो सामान खरिद गर्न आग्रह गछौ र एंकर एक उपयुक्त र विश्वासिलो छनौट हो। ’