दिउँसो र राति पनि भारी वर्षाको सम्भावना, कुन कुन क्षेत्रमा ?

दिउँसो र राति पनि भारी वर्षाको सम्भावना, कुन कुन क्षेत्रमा ?
+
-

काठमाडौँ – देशभरको मौसम सोमबार बिहानैदेखि बदली भएको छ । दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले बताए । यस्तै पश्चिमका केही ठाउँमा पनि दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । सोमबार रातिको मौसम पनि देशभर बदली हुने र पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेको तथा जलवास्पयुक्त वायु पनि पर्याप्त रहेकाले विशेष गरी दिनभर देशको मध्य र पूर्व क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

अहिले पनि काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा पानी परिरहेको छ । काठमाडौँ उपत्यकामा सोमबार बिहान पौने ६ बजेसम्मको तथ्यांक अनुसार आइतबार रातभरमा ६२.५ मिलिलिटर पानी परेको छ । मंगलबार पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । बुधबारदेखि भने मौसममा केही सुधार आउने छ ।

देशका सबै क्षेत्रमा पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम उच्च रहेको छ । नदी, खोला तथा खहरेको आसपासका बस्ती र डुबानको जोखिममा रहेको क्षेत्रबा बासिन्दा सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’