
बौदीकाली- जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकले सोमबार १२२औं शाखा सञ्चालनमा ल्याएको हो।
वित्तीय सेवा मार्फत पनि संघीयतालाई मजबुत बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीय तहमा पुग्नुपर्ने नियमन र सरकारको चाहना अनुसार दुर्गम स्थानका स्थानीय तहसम्म शाखा पुर्याउन लागेको बैंकले जनाएको छ।
नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पुर्याउने विश्वास लिउको छ।
ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।
यो संगै बैंकले देशैभरी फैलिएका यस बैंकको १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।