
भूमध्यसागरमा बस्ने जेलीफिससँग एउटा अद्भुत र अनौठो क्षमता छ, ऊ आफ्नो जीवन दोहोर्याएर सुरु गर्न सक्छ।
एकतर्फबाट अमर भनिने जेलिफिस अथवा ‘टुरीतोप्सिस डोहर्नी’ सँग एउटा यस्तो क्षमता छ कि यो आफ्नो कोषको पहिचानलाई बदलेर फेरि आफ्नो जीवनको युवाअवस्थामा पुग्न सक्छ। अर्को शब्दमा भन्ने हो भने यो जुनसकै उमेरमा आफ्नो आकार प्रकार बदलेर बृद्धावस्थाबाट बाल अवस्थामा आउन सक्छ।
काल्पनिक विज्ञानमा आधारित ‘डाक्टर हू’ नामको टेलिभिजन सिरिजमा कार्यक्रमका हिरोले आफूलाई पूर्ण रुपमा एउटा नयाँ रुपमा परिवर्तन गर्छन्, ठ्याक्कै ‘टुरीतोप्सिस डोहर्नी’ को कहानी जसरी। सिरियलमा डाक्टर साब त्यतिबेला रुप परिवर्तन गर्न सक्थे, जब उनी एकदमै नराम्रोसँग घाइते भएका हुन्थे र मृत्युको अत्यन्तै नजिक हुन्थे।
जेलिफिसको लागि पनि त्यो अवस्था छ। उसले आफूलाई जतिबेला पनि युवा बनाइराख्नको लागि एउटा प्रणाली छ, जसले वृद्ध भएमा, बिरामी भएमा, अथवा कुनै खतराको सामना गर्नुपरेमा यो क्षमता काम आउँछ।
एकपल्ट जब यो प्रक्रिया शुरु हुन्छ, तब ‘जेलिफिसको ‘बेल’ र ‘टेंटिकल्स’ परिवर्तन भएर फेरि ‘पाँलिप’ बन्छन्। अर्थात्, एउटा यस्तो जीव हो जसले पानीको सतहमा जमिनसँग आफूलाई जोड्न सक्छ।
यस्तो प्रक्रियालाई ‘सेलुलर ट्रांसडिफरेंसिएशन’ भनिन्छ। जसमा कोष सिधैँ भइरहेको अवस्थाभन्दा बदलिएर नयाँ शरीर बन्छ। यो प्रक्रिया बारम्बार गर्न सकिन्छ।
अनुसन्धानकर्ताको एक टोलिले भर्खरै जेलिफिसको डिएनएको एउटा सानो हिस्सालाई अध्ययन गरेँ। इटलीका सेलेटो विश्वविद्यालयका प्रोफेसर स्टेफानो पिराइनो यो काममा सहभागी थिए र उनले अब ‘फिकिक्स’ नामको एउटा धेरै ठूलो परियोजनाको संयोजन गर्दैछन्, जसमा ‘टुरीतोप्सिस डोहर्नी’ को कोषको आपसी संवाद सजिलै बुझ्न सकिनेछ।
उनको अनुसार, ‘लाइफ रिवर्सल’ को सबै सत्य त्यतिबेला बुझ्न सकिन्छ जब यो जीनको कामको बारेमा सम्पूर्ण कुरा थाहा हुन्छ। प्रोफेसर पिराइनोले ल्याबमा जेलिफिसको मृत्यु पनि देखेका छन्, जो अत्यन्त दुखद् छ। अर्थात् यो जीव पूरै अमर होइन।
तर यो जीवको आफूलाई जुनसुकै आकारमा ढाल्ने क्षमता अद्भुत छ। सँगै दुई अरु जेलिफिस पनि पत्ता लागेका छन्, जो पूर्वी चीनको समुन्द्रमा बस्ने ‘आरेलिया एसपी –१’ पनि छ।
जीवनको लागि अर्को एउटा मौका
यदि मानिसलाई यो प्रक्रियासँग जोड्ने हो भने के हामी पुनःजम्म लिन सक्छौँ? केहि हदसम्म हामी यो गर्न सक्छौँ। जस्तो पोलेको, चोट लागेको र घामले जलेको छाला आफैँ ठीक हुन्छ। यो त्यसको संकेत हो। हामप् हाम्रो शरीरमा चोट लागेका छालालाई फेरी पहिलाको जस्तै बनाउन सक्छौँ।
पहिला यो विचारले धेरै लोकप्रियता पायो की हरेक सात देखि दश वर्षमा एउटा नयाँ मानिस बन्छौँ। किनभने यति कालखण्डमा हाम्रो शरीरको सबै कोष मर्छन् र नयाँ कोषले त्यसको ठाउँलिन्छन्। नयाँ मानिस बन्ने केवल एउटा भनाई मात्र हो, तर मानिसको शरीरको कोषको मृत्यु हुने र बदलिनु सत्य हो।
तर यस्तो प्रकारको पुन जन्म अरु जनावरमा पनि हुन्छ, तर सामान्य रुपमा शरीरको कुनै पनि एक पाटोमा मात्र सिमित हुन्छ। जस्तै सालम्यान्डर।
लण्डनको युनिभर्सिटि कलेजका डाक्टर सेक्सीमिना युनका अनुसार, ‘सालम्याडर पुनजन्मको लागि अगाडि छ। कुनै कुनैले आफ्नो मुटु, बंगारा र पूरो हात खुट्टा, ढाडको हड्डी पनि पर्छन्, जो पुनजीवन पाउन सक्छन्।
त्यो विशेष प्रक्रिया जसमा सालाम्यान्डरले यस्तो गर्न सक्छन् त्यसको बारेमा त्यति खुलस्त कुरा छैन, तर डाक्टर युन प्ररिक्षण गरिरहेकी छन् ‘ब्लास्टिमस’ को साथ, अर्थात्, सालाम्यान्डरको काटिएको हिस्सा पुन पलाउने एउटा कोषको झुप्पाको। उनले उनका सहयोगीले यो सम्बन्धि केहि प्रमाण पनि जुटाएका छन्। कोषको पुन जन्मको लागि आवश्यक मांशपेशीहरु, कोषीकाहरु र हड्डीहरुको टिश्यू बनाउन सहायता मिलेको छ।
आशा छ कि मानिस पनि भविष्यमा आफ्नो फाइदाको लागि यो प्रक्रियामा सहभागी हुन सकोस्।
डाक्टर युनका समूहका अनुसार हाम्रो रोग प्रतिरोधात्मक प्रणालीको ‘म्याक्रोफेगस’ कोष नै पुन जन्मको अवरोध हुन्। उनीहरु पुन जन्मको लागि सबैभन्दा महत्वपूर्ण रहेको अनुमान गरिएको छ।
यद्यपी कुनै जीवहरु ‘मेटामाँर्फोसिस’ को सहायताले एउटा नयाँ आकारमा परिवर्तन हुन्छन्। जस्तै धेरैजसो झुसिलकिराहरु लाभा अनि पुतली बन्छन्, त्यस्तै एक कोषीय प्राणी अमिबा समूह बनेर एउटा आकार लिन्छन्।
यस्ता उदाहरणहरु अगाडि आएपछि डाक्टर युन भन्छिन्, ‘विज्ञान विस्तारै विस्तारै काल्पनिक विज्ञानतर्फ अगाडि बढिरहेको छ।’