
धनगढी-धनगढीका तीन पेट्रोल पम्पमा शील गरिएको छ। नियमित बजार अनुगमनको क्रममा सोमवार जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा नाप तौल कार्यालय र आयल निगमको टोलीले धनगढीका आयल स्टोरको अनुगमन गरेको गरेको हो।
सो क्रममा धनगढीको हरि, मल्ल र शिवशंकर आयल स्टोरमा सिल गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा राममूर्ति सिंहले जानकारी दिए।
उनका अनुसार हरि आयाल स्टोरका तिन वटै पम्पमा सिल गरिएको छ भने मल्ल आयाल स्टोरको एक साईडको पम्पमा सशील गरिएको छ।
त्यस्तै, शिवशकरको डिजेल पम्पमा शील गरिएको हो। गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीमा प्रमुख रोशन गौतमले पेट्रोल पम्पका चाज गर्दा परिणाम कम देखिएकोले शील गरिएको बताए।
उनले शील गरिएका पेट्रोल पम्पलाई सुरुमा कारवाही वापत जरिवाना तिराईने बताए। मर्मत गरेर चेकजाच गरेपछि मात्रै शील गरिएका पेट्रोल पम्पले कारोवार गर्न पाउने उनले जानकारी दिए ।