ला लिगा अब टिभीमा होइन फेसबुकमा

ला लिगा अब टिभीमा होइन फेसबुकमा
+
-

आउँदो शुक्रबार अर्थात भदौ १ (अगस्ट १७) गतेदेखि विश्वको चर्चित फुटबल लिग मध्ये एक स्पेनिस ला लिगा फुटबल सुरु हुँदैछ ।

नेपालसहित भारतीय उपमहाद्विपमा ला लिगा फुटबल, त्यसका क्लब तथा खेलाडीका धेरै फ्यान छन् । तर नयाँ सिजन सुरु भएसँगै यो क्षेत्रका ला लिगाका पारखीले टेलिभिजनमा खेल हेर्न पाउने छैनन् ।

नेपालसहित भारतीय उपमहाद्विपका फुटबल फ्यानले अब ला लिगाका खेल टेलिभिजनमा होइन फेसबुक लाइभमा हेर्नु पर्नेछ ।

नेपालसहितका भारतीय उपमहाद्विपमा ३४८ मिलियन फेसबुक प्रयोगकर्ता छन् । भारतमा मात्रै यसको संख्या २७० मिलियन रहेको छ । फेसबुकमा यसअघि नै अमेरिकी दर्शकका लागि मेजर लिग बेसबल प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

फेसबुकले ला लिगाका आउँदा तीन सिजनका हरेक खेल लाइभ गर्ने गरी सम्झौता गरेको छ । नेपालसहित भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानका ला लिगा प्रेमीले अब फेसबुकमा खेल हेर्नु पर्नेछ ।

यसअघि यो क्षेत्रमा ला लिगाका खेलको प्रत्यक्ष प्रशारणको अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो।

अब यो अधिकार फेसबुकले पाएको छ । सम्झौताका शर्तहरु अहिलेसम्म बाहिर आएको छैन । समाचार संस्था रोयटर्सका अनुसार सन् २०१४ देखि २०१८ सम्मको ला लिगाको प्रसारण अधिकारका लागि सोनीले ३२ मिलियन अमेरिकी डलर तिरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?