
काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सिपि अस्पताल प्रालि धनगढीबिच नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि सम्झौता भएको छ ।
स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र सिपि अस्पतालका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधी उपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म सिपि अस्पताल प्रालि धनगढी, कैलाली बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।