
काठमाडौ-हुवावेले नोभासिरिज अन्तर्गतको बहुप्रतीक्षित स्मार्टफोन नोभा थ्री तथा नोभा थ्री आई प्रि-बुकिङको दुई घण्टामै दुई हजार मोबाइल फोन बेच्न सफल भएको छ।
बुधबार हुवावेले बेलुकी ५:०९ देखि ७:०९ भित्रमै दुई घण्टामै दुई हजार मोबाइल विक्री गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अग्रिम बुकिङ गरेका गा्रहकहरुले स्वतः नोभाथ्रीको पोर्टेबल प्रिन्टर तथा नोभाथ्रीआईको पोर्टेबल स्पीकर जितेका छन्। यस्तै अग्रिम बुकिङको सफलताले नोभाथ्रीतथा नोभाथ्रीआई स्मार्टफोनले
ग्राहकलाई थप आकर्षण गरेको हुवावेका मार्केटिङ टीमले दाबी गरेको छ।
उक्त फोनमा २४ एमपी क्वाड क्यामरा सेट–अप तथा २ एमपीको सेकेण्डरी क्यामरा सहित दुईवटा फ्रन्ट क्यामरा जडान गरिएको छ। नोभाथ्रीको बजार मूल्य ५९,९०० रुपैयाँ र नोभाथ्रीआईको मूल्य ३८,९०० रुपैयाँ रहेको हुवाईको बहुप्रतीक्षित स्मार्टफोनहरुको ब्रिक्री आजबाट सुरु भएको छ।