भारतको उत्तराखण्डका १८ वर्षका युवाले विषालु सर्पलाई समातेर जंगलमा छोड्ने अभियानमा जुटेका छन् । उत्तराखण्डको रामनगर क्षेत्रका अर्जुन कश्यपले गाउँमा मानिसका घरमा भेटिएका विषालु सर्पलाई समातेर जंगलमा छोड्छन् ।
उनले आफ्नो बुवाबाट सर्प समात्ने सीप सिकेका हुन् । मानिसका घरमा देखिएका सर्प समातेर त्यसलाई जंगलमा छोड्छन् अर्थात सर्पलाई स्वतन्त्र बनाउँछन् ।
उनी सर्पलाई बचाएर जंगलमा छोड्नका लागि तत्पर छन् । कसैको घरमा सर्प देखियो भन्ने थाहा पाउने बित्तिकै अर्जुन त्यहाँ पुग्छन् । धेरैले घरमा भेटिएका सर्प मार्छन् तर अर्जुन भने सर्पलाई समातेर जंगलमा छोड्छन् ।
उनले भने, ‘सानैदेखि बुवाले सर्प समातेर छोडेको देखेँ । त्यहिँबाट मैले पनि सिक्दै आएँ ।’ अर्जुनले सर्प समातेबापत केही पाउँदैनन् तर मानिसलाई सहयोग गर्न पाएको र सर्पलाई स्वतन्त्र गर्न सकेकोमा उनलाई खुशी लाग्छ ।
धेरैले उनलाई ‘सपेरा’ भन्ने गर्छन् । तर उनलाई त्यो मन पर्दैन । ‘सपेरा’ ले सर्पको कारोबार गर्छन् तर आफूले सर्पलाई स्वतन्त्र गर्ने गरेको उनले बताए । आफ्नो मन सर्पसँग जोडिएको उनले बताए ।

भर्खरै
लोकप्रिय






































































































































































































