भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
+
-

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ। उनको उपचार दिल्लीको ‘अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्स’ (एम्स) मा भइरहेको छ। अस्पतालले उनको अवस्था चिन्ताजनक भएको र राम्रो स्वास्थ्यको लागि कामना गर्न अनुरोध गरेको छ।

उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको भन्दै बिहीबार अस्पतालले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

अस्पतालले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा बाजपेयी तीन सातादेखि अस्पतालमा भर्ना भएको जानकारी दिइएको थियो। ‘दुर्भाग्यवश उनको अवस्था पछिल्लो २४ घण्टामा बिग्रँदै गएको र उनलाई लाइफ सपोर्टिङ सिस्टममा राखिएको छ।’

यस्तै भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पूर्वप्रधामन्त्री बाजपायीको स्वास्थ्य अवस्था बुझ्न बुधबार अस्पताल पुगेका थिए भने भारतका अन्य नेताहरु पनि अस्पताल उनलाई भेट्न पुगेका छन्।

तीनपटक भारतका प्रधानमन्त्री भइसकेका बाजपेयीलाई जुन ११ मा एम्समा भर्ना गरिएको थियो। उनको मृगौलामा संक्रमण, मूत्र प्रणालीमा संक्रमण, पिसाब कम आउने र छातीमा रगत जमेको देखिएको थियो।

पूर्व प्रधानमन्त्री बाजपेयी ९३ वर्षका छन्। उनलाई मधुमेह भएको छ र उनको एउटामात्र मृगौलाले काम गर्छ।

सन् २००९ मा उनलाई ‘स्ट्रोक’ भएपछि उनको स्मरण शक्तिमा असर पारेको थियो। उनलाई बिर्सने समस्या ‘डिमेन्सिया’ भएको थियो।

सन् १९२४ मा जन्मिएका बाजपेयी एम्सका निर्देशक तथा श्‍वासप्रश्‍वास प्रणालीका विशेषज्ञ (पुल्मोनोलोजिस्ट) डा. रणदीप गुलेरियाको निगरानीमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?