
काठमाडौँ – काठमाडौँको टोखा नगरपालिका १ मा रहेको बौडेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण फुयाँल बेपत्ता भएका छन् । पाँच दिनदेखि बेपत्ता रहेका शिक्षक फुयाँलको खोजीमा सहयोग गरिदिन परिवारका सदस्यले अपिल गरेका छन् ।
प्राथमिक तहका अंग्रेजी शिक्षक फुयाँलले शिक्षा सेवा आयोगले लिने तय भएको माध्यामिक तहको स्थायी शिक्षकका लागि परीक्षा दिने तयारी गरिरहेका थिए ।
शिक्षक फुयाँल गएको सोमबार बेलुका पुस्तक किन्न भनी तार्केश्वर नगरपालिका २ काभ्रेस्थलीबाट भोटाहिटी निस्केका थिए।
उनी चढेको बा ८५ प ९३३६ नम्बरको मोटरसाइकल चितवनको जलबिरे भन्ने ठाउँमा फेला परेको छ । तर शिक्षक फुयाँलको अवस्था भने पत्ता लागेको छैन । खोजीमा सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।