बालिकामाथि बलात्कार प्रयास, प्रहरीले ढाकछोप गर्न खोजेको आरोप

बालिकामाथि बलात्कार प्रयास, प्रहरीले ढाकछोप गर्न खोजेको आरोप
+
-

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा एक बालिकामाथि बलात्कारको प्रयास भएको छ।

शुक्रबार साँझ बालिकामाथि बलात्कारको प्रयास गर्ने १९ वर्षीय बडै कुरैसीलाई प्रहरीले पक्राउ गरेपनि लेनदेनमा मिलाउन खोजेको छ।

१० वर्षीय बालिका धनगढीको एक मासु पसलमा मासु किन्न गएका बेला बलात्कारको प्रयास भएको स्थानीयहरुले बताएका छन्।

‘बालिका कुखुराको खुट्टा र टाउको किन्न गएकी थिइन्,’ ती स्थानीयले भने, ‘पछि कुरैसीले फर्मभित्र लगेर बलात्कारको प्रयास गरेको हो।’

स्थानीयका अनुसार बालिका कराएपछि बलात्कार हुनबाट बचेकी थिइन्।

बालिकालाई स्थानीयले अर्धनग्न अवस्थामा उद्दार गरेका थिए। स्थानीयको भिड देखेपछि कुरैसी फरार भएका थिए।

स्थानीयले नै खोजेर कुरैसीलाई ल्याएपछि हातपात समेत गरेका थिए। उनीमाथि हातपात भएपछि प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएर उपचारका लागि भन्दै सेती अञ्चल अस्पतालमा राखेको छ।

वडा प्रहरी कार्यालयका ईन्चार्ज वकिलबहादुर सिंहले भने पैसा फिर्ता नगरेपछि त्यहाँ विवाद परेको बताए।

‘बालिकाले पाँच सय रुपैयाँ लिएर कुखुराको टाउको र खुट्टा किन्न गएकी थिइन्। पछि उनले बालिकालाई पूरै पैसा फिर्ता नगरी घर पठाएका थिए’, उनले भने, ‘पछि अभिभावकले कम पैसा दिएको भनेर बालिकालाई बाँकी रुपैयाँ लिन पठाएका थिए। बालिका त्यहाँ गएपछि स्थानीय र कुरैसीबिच विवाद भएको थियो।’

उनले पक्राउ परेका कुरैसीलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको र जाहेरी आएमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?