गोथ्र सेलरको सेल्स समिट सम्पन्न

गोथ्र सेलरको सेल्स समिट सम्पन्न
+
-

काठमाडौँ– गोथ्र सेलरले तेश्रो पटक सेल्स समिट सम्पन्न गरेको छ । समिटले सेल्सम्यानको क्षमता विकासमा सहयोग पुर्‍याउने ग्रोथ सेलरका प्रवन्ध निर्देशक मोहन ओझाले बताए । सहभागीको आन्तरिक क्षमता अभिवृद्धि, नेतृत्व क्षमतामा सहयोग पुग्ने उनको भनाई छ ।

आफ्नो क्षेत्रमा उपयोग हुने टर्मिनोलोजी एवम् टेक्नोलोजीबारे पनि उनीहरुलाई जानकारी गराइएको छ । विश्वमै केकस्ता अभ्यास भइरहेका छन् भन्ने विषयमा समेत जानकारी गराइएको छ ।

सिकेका कुरालाई अब उनीहरुले आफ्नो कम्पनीमा लागू गर्न सक्नेछन् । रोजगारदातालाई पनि सचेतनामूलक कार्यक्रम गराएर मात्रै कुनै पनि कम्पनीका कर्मचारीले फेसिलिटी पाउने हुन् । त्यसैले कम्पनीको मेरूदण्डका रुपमा रहेका कर्मचारीलाई खुसी राख्नेदेखि सेल्स, मार्केटिङ आदि विषयमा हामीले जानकारी दिइएको ओझाले बताए ।

यसअघि आफ्नै हिसावले दुईओटा सेल्स समिट गरेको भएपनि यसपटक पहिलेका सहभागीले दिएका सुझाव अनुसार कार्यक्रम गरिएको हो ।
पहिलोपटक आयोजना गरेको सेल्स समिटमा २ सय ५० जना सहभागी थिए । दोस्रो कन्फ्रेन्समा २ सय ७० जति सहभागी थिए । तेस्रोमा पनि त्यति नै मात्रामा सहभागी भएका हुन् ।

कन्फ्रेन्समा बैङ्किङ, इन्स्योरेन्स, कर्पोरेट, टेडिङ बिजनेस, अटो, शिक्षण संस्था आदिका प्रतिनिधि सहभागी भएका थिए ।

ग्रोथ सेलरले अब एउटा क्षेत्रलाई मात्र लक्षित गरी तालिमको आयोजना गर्ने योजनामा रहेको ओझाले बताए ।

अहिलेसम्म गरिएका सेल्स समिट सेल्सका सामान्य आधारभूत विषयबारे जानकारी दिँदै आएको र यसमा कुनै विषयको सूक्ष्म तहमा छलफल नहुने गरेकाले त्यस्तो तालिमको आयोजना गर्ने तयारी गरेको हो।

यस्तै हाइड्रो, उद्योग, इन्स्योरेन्स, बैङ्किङ, शिक्षा लगायत क्षेत्रका लागि छुट्टा छुट्टै तालिमको पनि आयोजना गर्न लागिएको हो ।

ग्रोथ सेलरले एचआर मिटका ११ ओटा कन्फ्रेन्स गरिसकेको र म्यानेजमेन्ट कन्क्लेभ पनि गत डिसेम्बरमा आयोजना भइसकेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?