काठमाडौँ उपत्यकाका ७० हजार धारामा खानेपानी थप

काठमाडौँ उपत्यकाका ७० हजार धारामा खानेपानी थप
+
-

काठमाडौँ – काठमाडौंँ उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ ।

उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

पानी वितरणको सुरुवात गर्दै सभामुख कृष्णबहादुर महराले पानीको अभावमा रहेका उपत्यकाका बासिन्दाका लागि राहत मिल्ने बताए ।

उनले भने, “धेरै नागरिक अझै स्वच्छ खानेपानीको पहुँच बाहिर छन् । संविधानको मौलिक हकका रुपमा स्थापित स्वच्छ खानेपानीको अधिकार सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ ।”

खानेपानीमन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकामा शनिबारदेखि हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाए । उनले लिमिटेडका दुई लाख ७० हजार धारामा पानी दिन पहल गरिने बताए ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको पानी प्रशोधन गरी वितरण हुने बताए । निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले थपिएको पानीले दैनिक आठ लाख ४० हजार जनता लाभान्वित हुने बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?