
इजिप्टमा इन्टरनेटमाथिको नियमन थप कडा हुने भएको छ । राष्ट्रपति अब्देल फतह अल–सिसीले इन्टरनेटको नियमन सम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेसँगै इजिप्टमा इन्टरनेट सेवामाथि थप कडाइ हुने भएको हो ।
साइबर क्राइम सम्बन्धी नयाँ कानुन अनुसार देशको सुरक्षा तथा अर्थतन्त्रमा नकारात्मक असर पर्ने जस्तो देखिएमा सरकारले जुन कुनै वेब साइट बन्द गर्न सक्नेछ ।
यस्तै कसैले त्यस्ता खालका वेब साइट सञ्चालन गरेको वा हेरेको मात्रै भए पनि जेल जसाय वा जरिबाना तिर्नु पर्नेछ । देशका रहेको अस्थिरता र आतंकवादलाई नियन्त्रण गर्नका लागि नयाँ कानुन ल्याइएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
तर मानव अधिकारवादी समूहहरुले भने सरकारले विरोधी राजनीतिक विचारलाई नियन्त्रण गर्नका लागि नयाँ कानुन ल्याएको आरोप लगाएका छन् ।
कायरोमा रहेको एसोसिएसन अफ फ्रिडम अफ थट एण्ड एक्सप्रेसनका अनुसार ५०० सय भन्दा बढी वेब साइट बन्द भइसकेका छन् ।
यस्तै गएको महिना इजिप्टको संसदले एउटा विधेयक पारित गरेको छ, जस अनुसार ५, ००० भन्दा बढी फलोअर्स रहेका सामाजिक सञ्जाल एकाउन्टलाई निगरानीमा राख्न सकिने छ । यो विधेयक राष्ट्रपति सिसीले हस्ताक्षर गर्न बाँकी छ ।