सिटिजन्स बैंककाे ‘मेरो सिटिजन्स बचत खाता, ज्ञानेन्द्र मल्ल ब्राण्ड एम्बेसडर

सिटिजन्स बैंककाे ‘मेरो सिटिजन्स बचत खाता, ज्ञानेन्द्र मल्ल ब्राण्ड एम्बेसडर
+
-

काठमाडौँ – सिटिजन्स बैंकले देशभरका नागरिकलाई लक्षित गरेर नयाँ ‘मेरो सिटिजन्स बचत खाता’ योजना ल्याएको छ।

बैंकको मुख्य कार्यालयमा एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ब्रान्ड एम्बेस्डर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा सो खाताको योजना सार्वजनिक गरे।

न्यूनतम मौज्दात एक सय रुपैयाँमै खाता खोल्न मिल्ने, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क सिटिजन्स स्मार्ट (मोबाईल) बैंकिङ सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्यूर प्रविधिमा निःशुल्क दर्ताको सुविधा यस खातामा पाइनेछ।

त्यस्तै निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्टरस्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, निःशुल्क आस्वा सेवा जस्ता विशेषता यस खातामा रहेको बैंकले जनाएको छ।

दैनिक मौज्दातमा ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी हुनेछ। बैंकका देशभर ७९ वटा शाखा, ७१ वटा ए।टि।एम। र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।

बैंकको ब्रान्ड एम्बेसडरमा मल्ल


सिटिजन्स बैंकले ब्रान्ड एम्बेसडरका रुपमा क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ। ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास लिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बताए।

बैंकले खेल जगतको प्रवर्धनका निम्ति यस अगावै पनि विभिन्न कार्यक्रमहरू संचालन गरिसकेको बताउँदै भण्डारीले खेलाडीहरुको मनोवल उच्च राख्न विभिन्न समयमा खेलाडीहरुलाई सहयोग गर्दै आएको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?