माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बेस्डरमा तीन खेलाडी

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बेस्डरमा तीन खेलाडी
+
-

काठमाडाैँ – माछापुच्छ्रे बैंकले तीन खेलाडीलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ।

बैंकले खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको हो।

मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो। विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी राईले देश र विदेशमा थुप्रै उपाधि जितेकी छन्।

उनी २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन्। धाविका राई नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर’ को उपाधि समेत जित्न सफल भएकी थिइन्।

त्यसैगरी प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन्। रोयल नेपाल गल्फ क्लबमा हुर्किएकी शेर्पाले १५ वर्षकै उमेर देखि खेलको प्रशिक्षण लिन थालेकी हुन्।

आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन्। ६ वर्षको कलिलै उमेरदेखि टेनिस सुरु गरेका गिरी बर्न सर्भाइभर हुन्। उनले आफ्नो मिहेनत र परिश्रमले एसियाकै नम्बर १ हुने लक्ष्य राखेका छन्।

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले राई, शेर्पा र गिरी जस्ता खेलाडीलाई बैंकसँग आवद्ध गर्न पाउनु गौरवको विषय रहेको बताए।

बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. बीरेन्द्र प्रसाद महतोले नियुक्त भएका एम्बेस्डरले बैंकलाई अझै उचाईमा पु¥याउने विश्वास व्यक्त गरे।
बैंकका अध्यक्ष रोशन के। सी।ले मन्तव्य व्यक्त गर्दै राई, शेर्पा र गिरीलाई स्वागत गरे।

बैंकका देशभर ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर, २५ शाखा रहित बैकिङ्ग सेवा, ९९ एटीएम सञ्चालनमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?