
काठमाडौँ – सामुदायिक सेवा समिति वडा नम्बर १० को कार्यालय, लाखेचौर, नयाँ बानेश्वरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सामुदायिक सुरक्षा समिति बानेश्वर १० को आयोजनामा भएको शिविरमा ४ सय ५ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
शिविरमा १२ सय जना सहभागी भएका थिए ।
टोल न ६ का संयोजक कल्याण अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा सांसद दीपेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।