विस्फोटन नहुने एलपी ग्यास कम्पोजिट सिलिण्डर बजारमा

विस्फोटन नहुने एलपी ग्यास कम्पोजिट सिलिण्डर बजारमा
+
-

काठमाडौँ – नेपालको सबैभन्दा पुरानो ग्यास कम्पनी नेपाल ग्यास उद्योगले नयाँप्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री  मात्रिका प्रसाद यादवले उक्त सिलिण्डरको विक्री उद्घाटन गरे ।

नयाँ कम्पोजिट सिलिण्डरको विशेषता पूर्ण–सुरक्षित र विस्फोटन नहुने रहेको कम्पनीले दाबी गरेको छ । यसलाई आगोले विष्फोट गर्न नसक्ने भएकोले उपभोक्ताहरुले आफूलाई पूर्ण सुरक्षित ठान्न सक्ने कम्पनीको दाबी छ।

हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको, र यो सिलिण्डर पारदर्शी भएकोले उपभोक्ताहरुले सिलिण्डरमा ग्यासको लेभल सजिलै जाँच्न सक्ने पनि जानकारी दिइएको छ ।

यस सिलिण्डर फाइबरले बनेको हुनाले बोक्दा हलुका हुने, ग्यास चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित रहेको कम्पनीले जनाएको छ ।

हाल विक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४.२ केजी र ५ केजीमा उपलब्ध रहेको छ ।

मेरो किरानालाई नेपाल ग्यास कम्पोजिट सिलिण्डरको काठमाडौँ उपत्यका भित्र अनलाइन डेलिभरी पार्टनरको रुपमा पनि घोषणा गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?