
काठमाडौँ – यहि भदौ ८ गते काठमाडौँमा सातौँ मानव संसाधन सम्मेलन हुने भएको छ । ह्यमन रिर्साेस सोसाइटी नेपालको आयोजनामा अगष्ट २४ मा हुने एक दिने सम्मेलनमा भारत र नेपालका ख्यातीप्राप्त वक्ताहरुले सहजीकरण गर्नेछन् ।
ह्यमन रिर्साेस सोसाइटीका अध्यक्ष मोहन ओझाले सम्मेलनमा भारतका ख्यातीप्राप्त वक्ता आर एल भाटिया र अभिजित भादुरीसहित नेपालका विभिन्न वक्ताले सहजीकरण गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए ।
उनले विगत ७ वर्षदेखि हरेक वर्ष यस्तो सम्मेलन आयोजना गर्दै आएको जानकारी दिए । काठमाडौँको सोल्टी होटेलमा आयोजना हुने कार्यक्रममा नेपालभरिबाट सहभागीहरु आउने उनले जानकारी दिए । कार्यक्रमको मुख्य प्रायोजक जि फोर सेक्युरेटी रहेको छ ।