
काठमाडौं- एमजी (मोरिज ग्यारेज) मोटर्सका उच्च गुणस्तरको नयाँ गाडिहरु नेपाल भित्रिएको छ। नेपालका लागि एमजीको आधिकारिक विक्रेता पारामाउन्ट नेपालले काठमाडौंको नक्सालमा नयाँ शोरुमको शुभारम्भ गर्दै एमजीका गाडिहरु नेपाल भित्र्याएको हो।
शोरुमको मंगलबार नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले उद्घाटन गरेका थिए। कार्यक्रममा पारामाउण्ड मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले एमजी विश्वकै उत्कृष्ट गाडि भएकोले नेपालीहरुलाई गाडि चढ्न थप उत्साह दिने बताए।
उनले भने, ‘ एमजी कम्पनी विश्वभरी नै पहुँच पुर्याउने लक्ष्य लिएको छ। त्यसैले नेपाली बजारमा पारामाउन्टले नेपालीहरुको चाडि चढ्ने सपना र उत्साह पूरा गर्नेछ। एमजीका जीएस र जेडएट्ठ मोडेलका गाडिहरु हामीले ल्याएका छौ।’
यसका साथै नक्सालमा रहेको स्टेट अफ दि आर्ट सुविधा रहेको एमजी मोटर्सको शोरुम अन्तर्राष्ट्रिय अवधारणामा बनाइएको छ जहाँबाट उपभोक्ताले उच्च गुणस्तरको सेवा, ब्राण्ड उत्पादनको विषयमा जानकारी पाउनेछन्।
एमजी जिएस के हो ?
एमजी जिएस एक उत्कृष्ट फुल अप्शन एसयुभी हो। यसमा अटोमेटिक हेडल्याम्पदेखि क्रुज कन्ट्रोलसम्म रहेको छ।
यसका साथै रियर पार्किङ सेन्सर र क्यामेरा, डीएबी रेडियो र ब्लुटुथ, जुन एउटा उत्कृष्ट एसयूभीमा हुने सुविधा हुन्छ। जिएस कारमा २० लिटर इन्जिन, टर्बो ८ सिलिन्डर उपलब्ध छ।
यो कारले ५३ सय आरपीमा २१८ बीएचपी पावर र २५ सय आरपीमा ३५० एनएम टर्क उत्पादन गर्छ।
अल ह्वील ड्रायभ गर्न मिल्ने यो कारमा ५५ लिटर क्षमताको फ्युल ट्याङक जडान गरिएको छ। यसको उचाई १६९९ एमएम रहेको छ भने लम्बाई ४५०० एमएम रहेको छ।
के हो एमजी जेडएस कार ?
यो एमजी जेडएस कारमा ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ पावर र १४१ एनएम टर्क उत्पादन गर्ने गर्छ।
यसको उचाई १६४८ एमएम रहेको छ भने यसको लम्बाई ४३१४ एमएम रहेको छ।
३५५८ एमएम ह्वील रहेको यो कारमा ४८ लिटर क्षमताको इन्धन ट्यांक समाहित गरिएको छ।