सामाजिक सञ्जाल

फेसबुकले दिनेछ प्रयोगकर्ताको विश्वसनीयता रेटिङ्ग

फेसबुकले दिनेछ प्रयोगकर्ताको विश्वसनीयता रेटिङ्ग
+
-

सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताको विश्वसनीयता सम्बन्धी जानकारी दिने भएको छ । फेसबुकले प्रयोगकर्ताको ‘ट्रस्टवर्थीनेस स्कोर’ अर्थात विश्वसनीयता सम्बन्धी गणना दिने तयारी गरेको हो ।

अहिले केही प्रयोगकर्तामा यस सम्बन्धी प्रयोग भइरहेको फेसबुकले पुष्टि गरेको छ । पहिलो चरणमा फेसकुबले केही प्रयोगकर्तालाई उनीहरुको सामाजिक सञ्जाल एकाउन्टको विश्वसनीयता सम्बन्धी स्कोर दिन थालेको हो ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टका अनुसार फेसबुकले यस सम्बन्धी प्रणालीको विकास गएको एक वर्षदेखि गर्दै आएको थियो ।

फेसबुक मार्फत झुट वा प्रोपोगाण्डा मच्चाउने खालका समाचार फैलाउने क्रम बढेको र यसले गर्दा मानिसहरुमा समस्या उत्पन्न भएपछि आफूहरुले त्यसलाई नियन्त्रण गर्नका लागि नयाँ प्रणालीको विकास गरेको सामाजिक सञ्जालले जनाएको छ । तर प्रयोगकर्ताको विश्वसनीयता कसरी गणना गरिन्छ वा विश्वसनियता नाप्ने प्रणालीको सीमितताका बारेमा केही बताइएको छैन ।

प्रयोगकर्ताले आफ्नो विश्वसनीयता स्कोर पाउने स्पष्ट तरिका नरहेको भन्दै विशेषज्ञले फेसबुकको नयाँ प्रणालीको आलोचना गरेका छन् । तत्कालका लागि फेसबुकको मिसइन्फरमेसन टिमले मात्रै विश्वसनीयता सम्बन्धी गणना गर्न पाउने थाहा भएको बिबिसीले उल्लेख गरेको छ ।

फेसबुकले नयाँ टुललाई प्रतिष्ठा मापन वा रेटिङ्गका रुपमा परिभाषित गर्ने तयारी गरेको छ । द वासिङ्गटन पोस्टले फेसबुकले प्रयोगकर्ताको ‘रेपुटेसन रेटिङ्ग’ तय गर्ने टुलको विकास गरेको उल्लेख गरेको छ ।

तर फेसबुकका प्रवक्ताले भने आफूहरुले झुट समाचार फैलाउनेहरुलाई नियन्त्रण गर्न तथा विश्वसनीयता बढाउनका लागि नयाँ टुलको विकास गरेको बताएका छन् ।

गलत सूचना विरुद्धको आफूहरुको लडाईँ सकेसम्म प्रभावकारी होस् भन्नका लागि नयाँ प्रणालीको विकास गरिएको ती प्रवक्ताले भनेका छन् ।

द वासिङ्गटन पोस्टले ‘फेक न्युज’ विरुद्धको अभियानबारे फेसबुककी कार्यकारी टिसा लियोन्ससँग गरेको कुराकानीमा आधारित भएर खबर छापेको हो । फेसबुकले सन् २०१६ मै तथ्य जाँच गर्ने योजना सुरु गरेको टिसाले बताएकी छन् ।

झुट खबर फैलिएको सम्बन्धी उजुरी र त्यसमाथि स्वतन्त्र तथ्य–जाँचकर्ताले गर्ने अनुसन्धानपछि विश्वसनीयताको गणना गरिने बुझिएको छ । रेटिङ्ग ० देखि १ सम्म हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?