१३ वर्षीय बालिकाको बलात्कारपछि हत्या प्रक्ररण

कञ्चनपुर आज पनि अशान्त, सिडिओ र एसपीलाई जिल्ला छाड्न चेतावनी

कञ्चनपुर आज पनि अशान्त, सिडिओ र एसपीलाई जिल्ला छाड्न चेतावनी
+
-

धनगढी – १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै कञ्चनपुरमा बुधबार पनि बिहानैदेखि विरोध प्रदर्शन भइरहेको छ ।

प्रहरीले मानसिक सन्तुलत बिग्रेका दिलिपसिंह विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै सोमबार उनलाई सार्वजनिक गरेको थियो । तर पीडितका आफन्त र स्थानीय बासिन्दाले भने वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै विरोध गरिरहेका छन् ।

उनीहरुले मंगलबार दिनभर पनि महेन्द्रनगर बजारमा प्रदर्शन गरेका थिए । सो क्रममा स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो ।

बुधबार पनि बिहानैदेखि महेन्द्रनगर बजारमा प्रदर्शन भइरहेको छ । ठूलो संख्यामा जम्मा भएका आफन्त र स्थानीय बासिन्दाले प्रहरीलाई वास्तविक हत्यारा सार्वजनिक गर्न माग गरिरहेका छन् ।

उनीहरुले आफूहरुको आन्दोलनमा हवाई फायर गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?