
काठमाडौँ – मुस्लिम समुदायले बकर इद पर्व बुधबार मनाइरहेका छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर–इदको अवसरमा एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बली दिई मनाउने गरिन्छ ।
काठमाडौँमा पनि मुस्लिम समुदायले मस्जिदमा जम्मा भएर बकर–इद मनाएका छन् । घण्टाघरमा रहेको मस्जिदमा जम्मा भएर सामूहिक नमाज पढेर शुभकामना आदान प्रदान गरी बकर–इद मनाएका छन् ।
नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।