जापान र चीनमा रोबोट रेभुलुशन

जापानको स्कुलमा अंग्रेजी सिकाउँदै रोबोट, चीनले बनाउँदै बेच्दै

जापानको स्कुलमा अंग्रेजी सिकाउँदै रोबोट, चीनले बनाउँदै बेच्दै
+
-

टोक्यो/बेइजिङ- प्रविधिले विश्‍वभर फड्को मारिरहँदा जापान र चीनले आ-आफ्‍नै तरिकाले रोबोटमार्फत विकास र विस्तार गरिरहेका छन्। ती देशहरु कोही उद्योगमा रोबोटलाई काममा लगाइरहेका छन् भने कोहीले अस्पताल र विद्यालयमा पढाउन लगाइरहेका छन्। ती मध्‍ये प्रविधिमा अब्बल जापानले भने सरकारी विद्यालयमा अंग्रेजी भाषा सिकाउन रोबोट राख्‍ने तयारी गरेको छ।

जापानी अखबार एनएचका अुसार त्‍यहाँको शिक्षा मन्त्राललयले सन् २०१९ अप्रिलदेखि देशभरका ५ सय स्कुलमा पाइलट प्रोजेक्टको रुपमा रोबोटलाई अंग्रेजी भाषा सिकाउन खटाउने छ। उक्त रोबोटले स्कुलका बालबालिकाहरुसँग अंग्रेजीमा कुरा गर्न सिकाउनेछ। जसमा मोबाइल एप र अनलाइन कर्भरसेशन सेशन समेत समावेश गरिनेछ।

स्कुले बालबालिकालाई अंग्रेजी सिक्‍नु पर्ने दबाब छ।किनकी जापान सरकारले बालबालिकालाई अंग्रेजी बोल्‍न र लेख्‍नमा अब्बल बनाउन सरकारी विद्यालयलाई निर्देशन दिएको छ। उनीहरु अंग्रेजी बोल्‍न र लेख्‍नमा स्वभावैले कमजोर हुन्छन्। त्‍यसकारण प्रत्‍येक स्कुलमा अंग्रेजी शिक्षक राख्दा धेरै खर्च व्‍यहोर्नु पर्ने भएकाले रोबोटले यसलाई थप सस्तो तथा सर्वसुलभ बनाउने बताइएको छ।

यस्तै त्‍यही रोबोटलाई चीनमा विश्‍व रोबोट सम्‍मेलनमा रोबोट चिकित्सक, रोबोट शिक्षक र रोबोट सैनिकको प्रदर्शन गरिएको थियो। चीनमा प्रदर्शन गरिएको उक्त सम्‍मेलनमा रोबोटलाई भविष्‍यको साहारा वा मेसिनको रुपमा चित्रित गरिएको थियो।

चीनमा धेरै काम रोबोटबाटै


चीनको फ्‍याक्ट्रीदेखि रेष्टुरेन्टसम्‍ममा प्राय: धेरै काम रोबोटले नै गरिरहको हुन्छ। यसका साथै बैंक तथा पसल पुर्‍याउने काम समेत रोबोटकै सहायताबाट हुने गरेको छ। त्‍यहाँ एउटा यस्तो रोबोट बनाइएको छ, जसले १५० विरामीलाई पत्ता लगाएर उनीहरुको उपचार गर्न सक्छ।

रोबोटले चीनको नेशनल मेडिकल क्वालिफिकेशन परीक्षा समेत पास गरिसकेको छ। रोबोटले अपरेशनको क्रममा डाक्टरको मद्दत गर्छन्। यसले मानिसको रोग पत्ता लगाएर प्रश्‍न गर्नुका साथै एक्सरे रिपोर्ट समेत आफैले विश्‍लेषण गर्न सक्छ। चीनले गत मार्चबाट रोबोटलाई अस्पतालमा काम गर्न लगाएको छ। रोबोर्टले अहिलेसम्‍म चार हजार बिरामीको उपचार गरिसकेको छ।

चीनमा रोबोट रेभुलुशन


सन् २०१४ मा चीनका राष्ट्रपति सी जिङ पिङले रोबोट रेभुलुशनको कुरा गरेका थिए। यसपछि चीन सरकारले मेड इन चाइना २०२५को नारा दियो।

सन् २०२०सम्‍म चिनियाँ कम्पनीले ५० प्रतिशत उद्योगका काम गर्ने रोबोट ( इन्डस्ट्रियल रोबोट) बेच्‍ने योजना बनाएका छन्। तर कम्‍पनीमा भने २७ प्रतिशत रोबोट मात्रै छ। सन् २०२५ सम्म यसको संख्‍या भने ७० प्रतिशत पुर्‍याउने कम्पनीको योजना रहेको छ।

चीनले बनाएको रोबोट विश्‍वमै अब्बल मानिन्छ।गत वर्ष चीनमा १ लाख ४१ हजार रोबोट चिनियाँ कम्पनीले विक्री गरेका थिए। सन् २०२० सम्‍म यसको संख्यामा २० प्रतशतको वृद्धि हुने अनुमान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?