
अ
+
अ
अ
-
कञ्चनपुर– १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रदर्शनमा भएका घाइते अर्जुन भण्डारालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ। बिहीबार महेन्द्रनगरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएपछि दुई प्रहरी सहित ८ जना घाइते भएका थिए।
१३ वर्षकी बालिकाको बलात्कार पछि हत्यामा संलग्न भएको आरोपमा वास्तविक अपराधीलाई उम्क्याउन निर्दोषलाई अपराधीको रुपमा खडा गरिएको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए। उनीहरुको प्रहरीसँग झडप भएको छ। गोली लागेर अर्जुन भण्डारा, तेज भट्ट, तिर्थ पनेरु, मनोज बुढा, किरन पाण्डे, सन्तोष कडरिया र प्रहरीका हवल्दार हर्क ब. पाल, जवान महेश भट्ट घाइते भएका छन्।
यीमध्ये गम्भीर घाइते भई सेती अञ्चल अस्पताल लगिएका भण्डाराको यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।