
अ
+
अ
अ
-
धनगढी- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बास्तविक हत्यारालाई पत्ता लगाउनुपर्ने माग गर्दै थालिएको आन्दोलनले उग्र रुप लिएपछि प्रशासनले महेन्द्रनगरमा कर्फ्यू लगाएपनि झलारीमा भने प्रदर्शन जारी छ।
साँझ ५ बजेदेखि शुक्रवार विहान ५ बजेसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाउने घोषणा गरेका बेला अहिले पनि महेन्द्रनगरबाट केही किलोमिटर टाढा रहेको झलारी बजारमा भने बाक्लो सख्यामा मानिसहरु उपस्थित भएर नारावाजी गरिरहेका छन्।
महेन्द्रनगरमा कर्फ्यूपछि झलारी बजारमा प्रदर्शनकारीको सख्या बढदै गएको छ भने आन्दोलन पनि चर्कदै गएको छ । त्यहाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।