
अ
+
अ
अ
-
धनगढी – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका वास्तविक हत्यारालाई पक्राउ गर्न भन्दै कैलालीका विद्यार्थीहरु पनि प्रदर्शनमा उत्रेका छन् ।
प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै कञ्चनपुरमा आन्दोलन उग्र बनेका बेला कैलालीमा पनि प्रदर्शन भएको हो ।
विद्यार्थीहरुले कैलालीको अत्तरिया बजारमा प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी संघको अगुवाईमा अत्तरियामा विरोध प्रदर्शन भएको हो ।
उनीहरुले घटनाको सत्य तथ्य छानबिन गरि वास्तविक हत्यारालाई सार्वजनिक गर्न माग गरेका छन् ।