
अ
+
अ
अ
-
कास्की – कास्कीको लामाचौरमा अन्दाजी १३ वर्षकी बालिकाको शव भेटिएको छ । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौर शुक्रबार बेलुका स्थानीय बालिकाको शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
स्थानीय बासिन्दाले बालिकाको शव देखेपछि खबर गरेको र आफूहरु घटनास्थल पुगेको प्रहरीले जनाएको छ । शव शुक्रबार बेलुका नै पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको र पोस्टमार्टमको काम भइरहेको डिएसपी गुरुङले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ । तर स्थानीय बासिन्दाले भने बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।