कर्फ्युका कारण महेन्द्रनगर सुनसान

कर्फ्युका कारण महेन्द्रनगर सुनसान
+
-

धनगढी – प्रहरीको गोली लागेर शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का सन्नी खुनाको ज्यान गएपछि लगाइएको अनिश्चितकालीन कर्फ्यु जारी छ ।

१३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा बिहीबार गोली लागेर ८ जना घाइते भएपछि शुक्रबार बिहान ५ बजेसम्म लगाइएको कर्फ्यु स्थिति सामान्य बन्दै गएपछि हटाइएको थियो ।

तर, एक्कासी आन्दोलनले उग्ररुप लिँदा एक बालकसहित अन्य प्रदर्शनकारी घाइते भएपछि जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार बेलुका ८ बजेदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रशासनले भीमदत्त नगरपालिकाको चार किल्ला तोकेर कर्फ्यू लगाएको छ । पूर्वमा भीमदत्त नगरपालिका–१८ जनज्योति चोक भाँसीदेखि कारागारको पछाडिको नहर हुँदै मदन भण्डरी स्मृति प्रावि पछाडिको नहर चोकसम्म, पश्चिममा भीमदत्त नगरपाकिा–६ त्रिपुरा युवा क्लब वनगाउँको कार्यालयदेखि भीनपा–४ लिङ्गलासैनी उच्च मावि पछाडिको नहरसम्म कर्फ्यु लगाइएको छ ।

यस्तै, उत्तरमा जनज्योति चोक भाँसीदेखि उत्तर नहर हुँदै खैरेनी चोक नहरहुँदै त्रिपुरा युवा क्लबको कार्यालयसम्म र दक्षिणमा भीमदत्त नगरपालिका–१८ मदन भण्डारी स्मृति प्रावि पछाडिको नहर चौकबाट सीप विकास केन्द्र अगाडीको नहर हुँदै निङ्गलासैनी उच्च मावि पछाडिको नहरसम्म कर्फ्यु लगाइएको छ । कर्फ्युका कारण महेन्द्रनगरको जनजीवन सुनसान छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?