निर्मला प्रकरणबारे बल्ल बोल्यो प्रदेश सरकार : भन्यो ‘सब ठीक हुन्छ’

निर्मला प्रकरणबारे बल्ल बोल्यो प्रदेश सरकार : भन्यो ‘सब ठीक हुन्छ’
+
-

धनगढी-  प्रदेश ७ को सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन भइरहेका बेला सन्नी खुनाको मृत्यु भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले कञ्चनपुर घटनाबारे प्रदेश सरकार गम्भीर रहको बताए ।

‘केहीदिनदेखि निर्मला पन्तको घटनाले प्रदेश नै अशान्त छ ।’ शाहले भने, ‘समस्या समाधानका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको छ, चाडै सबै कुरा ठीक हुन्छ ।’

उनले घटनामा मृत्यु भएका बालकका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च बेहोर्ने जानकारी दिए ।

दोषीलाई कारबाही र पीडितलाई न्याय दिने कुरामा सरकार दृढ रहेको भन्दै उनले घटनाको अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गरे ।
कञ्चनपुर घटनाबारे शनिवार बिहान आकस्मिक रुपमा मन्त्री परिषद बैठक पनि बसेको थियो । उक्त मन्त्री परिषद बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुखको समेत सहभागिता रहेको थियो ।

सो क्रममा कञ्चनपुर घटनाबारे गम्भीर छलफल भएको र नयाँ किसिमले घटनाको अनुसन्धान गर्न सुरक्षा अधिकारीलाई निर्देशन समेत दिइएको श्रोतले बताएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?