प्रदेश सरकारको सार्वजनिक विदामा जिल्ला प्रशासनको अटेरी

प्रदेश सरकारको सार्वजनिक विदामा जिल्ला प्रशासनको अटेरी
+
-

धनगढी-प्रदेश सरकारले दिएको बिदा यहाँका जिल्लास्थित कार्यालयले अवज्ञा गरेका छन्।  प्रदेश ७ को शुक्रवारको मन्त्री परिषद बैठकले आईतवार जनैपूर्णिमा तथा ऋषितर्पणी पर्वका अवसरमा प्रदेशमा विदा दिने निर्णय गरेको थियो।

तर, आईतवार केन्द्र सरकार मातहत रहेको प्रदेशका जिल्लास्थित कार्यालयहरु भने खुल्ला थिए। प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर आचार्यले विदाबारे जारी गरेको विज्ञप्तिमा आईतवार प्रदेश ७ को महत्वपूर्ण जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व परेका कारण प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु एवम सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिईने उल्लेख गरिएको छ।

तर, प्रदेशमा रहेका सरकारी कार्यालय, जो प्रदेश मातहत आएका छैनन ति कार्यालयहरु भने आईतवार खुल्ला थिए । उनीहरुले प्रदेश सरकारलाई टेरेनन।
‘विदा प्रदेश सरकारले दिएको हो। केन्द्र सरकार मातहत भएका जिल्ला कार्यालयमा किन सार्वजनिक विदा दिने ?’

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने, ‘प्रदेश सरकारले आईतवार विदा दिएको थियो । तर, हाम्रा कार्यालय भने खुल्ला रहे । सेवाग्राहीलाई सेवा दियौं।’

प्रदेश सरकारले केन्द्र सरकारको गृह मन्त्रालयमा आईतवार विदाबारे जानकारी गराएपनि गृह मन्त्रालयले आफुहरुलाई कुनै निर्देशन नदिएका कारण सार्वजनिक विदा नदिईएको बताए।

शनिवार आयोजिक पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु एवम सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिईएको बताउदै जिल्ला कार्यालय पनि सरकारी कार्यालयभित्रै परेकाले विदा दिनुपर्ने बताएका थिए।

प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शकर आचार्यले पनि प्रदेश सरकारले दिएको विदा जिल्ला कार्यालयहरुले अटेर गरेको बताए।
‘हामीले प्रदेशमा सार्वजनिक विदा दिइएको भनेर गृहमन्त्रालयलाई पठाएका नै हो।’ आचार्यले भने, ‘जिल्लामाा रहेका कार्यालयले विदा दिएनछन् के गर्नु त ?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?