तीन मोडेलमा भित्रियो महिन्द्राको एक्सयुभी५०० गाडी

तीन मोडेलमा भित्रियो महिन्द्राको एक्सयुभी५०० गाडी
+
-

काठमाडौं-महिन्द्राको नयाँ गाडी नेपाली बजारमा भित्रिएको छ।महिन्द्रा पेसेन्जर यूनिटको नेपालको लागि आधिकारीक वितरक अग्नी इन्कर्पोरेटडले महिन्द्राको बहुचर्चित मोडल ‘महिन्द्रा एक्सयुभी ५००’ को नयाँ भर्सन मंगलबार ल्‍याएको हो।

नयाँ एक्सयूभी ५०० नेपाली बजारमा ३ वटा भेरिएन्टमा उपलब्ध रहेको छ। त्यसमा डब्लुभाईभ र डब्लुसेभन फ्रन्ट ह्विल ड्राईभ अफ्सनममा रहेको छ भने डब्लु इलाभेन अल ह्विल ड्राइभ अप्सनमा रहेको छ। जसको मुल्य क्रमश ६१ लाख ८० हजार, ६७ लाख ७० हजार तथा ८४ लाख ९५ हजार रहेको छ ।

यसमा पहिलाको एक्सयुभी ५०० भन्दा फरक सिक्स जनरेसन इलेक्ट्रोनिकल्ली कन्ट्रोल भेरायवल टर्वोचाजए ४ सिलीण्डरको एमहक १५५ डिजल इन्जीनको प्रयोग गरिएको छ। जसले १५५ बिएचपी पावर ३६० एनएम टर्क उत्पादन गर्छ जुन पहिलाको भन्दा १५ विएचपी पावर तथा ३० एनएम टर्क बडि रहेको छ। यसमा सिक्स स्पिडको म्यानुअल तथा अटोमेटिक ट्रासमिसन रहेको छ।

यसको एक्टेरियरमा अगाडिको भागमा ठूलो ग्रिल दिइएको छ जसमा वरिपरि तथा विच धेरै भागमा क्रोम लगाइएको छ। यसको हेडलाईटमा ठूलो प्रोजेक्टर हेडल्याम्प रहेको छ साथै सब भन्दा माथि एलईडि डेटाईम रनिङ्ग लाईट दिईएको छ।

यसका साथै बम्परमा पनि आकर्षक लाइट राखिएको छ। बम्परको बिचमा ठूलो एयरड्याम र क्रोम सहित दुई साइडमा टियर डक सेपको फग लाईट राखिएको छ। यसको टप भेरिएन्टमा १८ इन्चको डाइमण्ड कलटाईपको एलोय ह्विल रहेको छ । यसको टेलल्याम्पमा पनि परिवर्तन गरिएको छ । पहिलाको एक्सयुभीमा भर्टिकल टेलल्याम्प रहेको थियो भने यसमा बक्स टाईप टेलल्याम्प दिइएको छ । यसको बम्पर र रुफस्पोइलरमा पनि परिवर्तन गरिएको छ ।

यसको इन्टेरिएर पनि निकै परिमार्जित गरिएको छ। यसको ड्यासबोर्डमा सफ्टटच मेलिरीयलको प्रयोग गरिएको छ जसमा लेदरटाईप फिनीस दिईएको छ । यसको ढोकाको भित्र पटि र स्टेरिङ ह्विलमा पनि लेदर प्रयोग गरिएको छ जसले यसको क्याबिनको फिनिसीङ प्रिमियम देखिएको छ।

यसको सिटमा लेदर सिट कभर रहेको छ। पुस स्टार्ट स्टपको वटम सुविधा रहेको यसको सेन्टर कन्सोलमा पियानो ब्ल्याक फिनीससिङ्ग सहित ७ इन्चको टचस्किृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ जुन जीपीएस, अडियो भिडियो युएसबी र व्लुतुथ सपोर्ट सहितको छ। यसमा इलेक्ट्रिक सनरुफ तथा रियर पार्किङ्ग क्यामरा पनि रहेको छ।

यसको हेडल्याम्प र वाईपर अटोमेटिक रहेको छ।यसमा राखिएको इन्फोटेन्मेन्ट सिस्टममा एन्डोइडअटो तथा इकोसेन्स सपोर्ट गर्छ। यो गाडी सुरक्षाको लागि ६ वटा एयरव्याग इबिडि, एबीएस, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, क्लासमा पहिलो पटक इमर्जेन्सी कल तथा सबै चक्कामा डिसब्रेक लगाईएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?