
अ
+
अ
अ
-
धनगढी- बालिका बलात्कारको आरोपमा धनगढी उपमहानगरपालिका, ११ बेलामा एक बृद्ध पक्राउ परेका छन । भाद्र १० गते साँझ कोही नभएको मौका छोपी बालिकालाई बलात्कार गरेको आरोपमा बेलाका ६६ वर्षीय कृष्णबहादुर खडायत पक्राउ परेका हुन् ।
उनले चश्मा हराएको बहाना बनाउदै बालिकालाई जंगलमा लगेर बलात्कार गरेको आरोप लागेको छ । घटना गाउँमै मिलाउने प्रयास गरिएपनि एक जना स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेपछि खडायतलाई प्रहरीले मगलवार बिहान पक्राउ गरेको हो ।
मिलापत्र गर्ने क्रममा बृद्धले पीडित बालिकाका परिवारलाई रुपैयाँ समेत दिएको बुझिएको छ । अनुसन्धानका लागि खडायतलाई पक्राउ गरिएको र पीडित बालिकालाई पनि सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।