
धनगढी- जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्य बहादुर थापाले आफूले पाउने सेवा सुविधा वापतको तलव गरिव बालबालिकाको शिक्षामा खर्च गर्ने भएका छन्।
शिक्षाको पहुच बाहिर रहेकालाई विद्यालयमा ल्याउनका लागि थापाले पाँच वर्षको तलव गरिव बालबालिकाका लागि खर्च गर्नेछन्। जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा मगलवार उनले उक्त कुराको घोषणा गरेका हुन।
मगलवार आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानका ५० जना भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण समेत गरिएको छ।
शिक्षाको पहुचबाट बाहिर रहेका गरिव बालबालिकालाइ प्रदेश ७ का सभामुख अर्जुन बहादुर थापाले शैक्षिक सामाग्री वितरण गरेका थिए।
‘पैसा अभावमा विद्यालय जान नपाएका बालबालिकालाई मगलवार ड्रेस, जुत्ता, कपी र कलम वितरण गरिएको छ ।’ थापाले भने, ‘एक सय बालबालिकालाई विद्यालयको पहुचमा ल्याउने लक्ष्य लिएको छु । अव सवैलाई विद्यालयमा भर्ना गराउछु।’
उनले शिक्षाको पहुच भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउनका लागि आफनो ५ वर्षको सम्पूर्ण तलव खर्च गर्ने बताए। ‘सुरुमा शैक्षिक सामाग्री गरिव बालबालिकालाई वितरण गरेका छौ ।’ उनले भने, ‘एक सय बालबालिकालाई विद्यालयमा भर्ना गराउछु । लाग्ने खर्च सवै मेरा तलवबाट व्यहोर्छु ’
गरिव बालबालिकालाई विद्यालयमा भर्ना गराई टिकाई राख्न खाजाका लागि दैनिक ३० रुपैया र मासिक शुल्क विद्यालयमा जम्मा गरिने उनले जानकारी दिए ।
जिल्ला समन्वय समिति प्रमुखको मासिक तलव ४० हजार तोकिएको छ।
शिक्षा ईकाईका प्रमुख समेत रहेका थापाले भने, ‘जिल्लामा अझै करिव ४ प्रतिशत बालबालिका विद्यालय आउन पाएका छैनन । सवैलाई विद्यालय ल्याउन सवैले लाग्नुपर्छ।’