पूर्वाग्रही भएको आरोप

गुगल, ट्वीटर र फेसबुकलाई ट्रम्पको चेतावनी

गुगल, ट्वीटर र फेसबुकलाई ट्रम्पको चेतावनी
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगल, ट्वीटर र फेसबुकलाई चेतावनी दिएका छन् । गुगल, ट्वीटर तथा फेसबुकले समस्याग्रस्त क्षेत्रमा पनि हात हालेको भन्दै ट्रम्पले चेतावनी दिएका हुन् ।

गुगल, ट्वीटर तथा फेसबुकले कथित रुपमा पूर्वाग्रह राखेको भन्ने आरोप लागिरहेका बेला ट्रम्पको चेतावनी आएको हो । ‘ट्रम्प न्युज’ भनेर सर्च गर्दा गुगलले कथित रुपमा पूर्वाग्रह गरेको आरोप लागेपछि ट्रम्पले प्रविधि क्षेत्रका जाइन्ट कम्पनीहरुलाई निकै सचेत भएर काम गर्न चेतावनी दिएका हुन् ।

नियमनका सम्बन्धमा आफूहरुले निगरानी गरिरहेको ट्रम्प प्रशासनका एक सहयोगीले बताएका छन् । गुगलले भने आफ्नो सर्च इन्जिनको कुनै राजनीतिक एजेण्डा नरहेको र कुनै पनि राजनीतिक विचारधाराप्रति पूर्वाग्रही नरहेको बताएको छ ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले गुगलमाथि धेरै व्यक्तिबाट धेरै लाभ लिएको र यो निकै गम्भीर कुरा रहेको बताएका छन् । यस्तै उनले ट्वीटर र फेसबुक पनि सचेत हुनु पर्ने बताए ।

गुगल, ट्वीटर र फेसबुक पूर्वाग्रही भएको भन्दै हजारौँ उजुरी आएको ट्रम्पको भनाई छ । तर ट्रम्पले नियमनका लागि कस्तो कदम चाल्ने भन्ने बारे केही बताएनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?