नक्‍कली सदस्‍यको विवादले अन्‍योलमा कैलाली उद्योग वाणिज्य संघको चुनाव

नक्‍कली सदस्‍यको विवादले अन्‍योलमा कैलाली उद्योग वाणिज्य संघको चुनाव
+
-

धनगढी- कैलाली उद्योग वाणिज्य संघको निर्वाचनबारे अझै अन्यौलता कायमै रहेको छ।नक्‍कली सदस्यको विषयलाई लिएर अदालतमा मुद्दा परेपछि रोकिएको चुनावबारे अझै अन्यौलता कायमै रहेको हो।

चुनावबारे राय सुझाव गरी प्रतिवेदन पेश गर्नका लागि भदौ ५ गते गठन गरिएको समितिका एक सदस्य जयराज न्यौपानेले छुट्टै प्रतिवेदन पेश गरेपछि चुनावमा थप अन्यौलता थपिएको छ।

यसअघि चुनाव स्थगित गराउन माग गर्दै मुद्दा हालेका व्यवसायी रविन पन्तले समेत समितिको प्रतिवेदनमा सहमति जनाईसकेका छन्। तर, समितिका सदस्य न्यौपानेले वडा कार्यालयमा दर्ता भएका व्यावसायीलाई मताधिकार दिने विषयमा फरक मत राखेका छन्।

त्यस्तै, हालको संघको कार्यसमितिको म्याद भदौ २२ गते सकिने भएकाले तदर्थ समिति गठन गरेर चुनाव गराउनुपर्ने माग न्यौपानेले गर्दै आएका छन्।

संघका नक्कली सदस्यताको विषयमा राय सुझाव दिन बनाइएको पाँच सदस्यीय मध्येका समितिका संयोजक शंकर बोगटी, रुपेश स्वाँर, पुष्प कुँवर र रविन पन्त गरी चार जना सदस्यले भने कुनै पनि सरकारी निकायमा दर्ता भएका व्यवसायीलाई मताधिकार दिन मिल्ने भन्दै प्रतिवेदन बुझाएका थिए।

यसअघि चुनाव रोक्न माग गर्दै अदालतमा मुद्दा हालेका व्यवसायी पन्तले समेत समितिको प्रतिवेदनमा सहमति जनाएको अवस्थामा न्यौपानेले छुटटै प्रतिवेदन बुझाउनुलाई संघले भने प्रायोजित भनेको छ। उसले चुनाव रोक्नका लागि षडयन्त्र स्वरूप फरक मत आइरहेको दाबी समेत गरेको छ।

सघका अध्यक्ष समेत रहेका सुझाव समितिका संयोजक शकर बोगटी सुरुमा सबै कुरामा सहमत भएका जयराज न्यौपानेले अन्तिममा आएर छुटटै प्रतिवेदन निकालेको आरोप लगाए। उनले चुनाव रोक्ने र संघलाई बन्दी बनाउने षडयन्त्र स्वरूप समितिकै एक जना सदस्यले छुट्टै प्रतिवेदन प्रशासनमा पेश गरेको दाबी गरे।

यता, चुनाव गराउन अदालतले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय पनि सुझाव समितिले दुई वटा प्रतिवेदन दिएपछि अन्यौलयमा परेको छ। चुनाव गराउनका लागि पर्खेर सुझाव समितिको प्रतिवेदन पर्खेर बसेको प्रशासन एउटै समितिले दुई प्रतिवेदन बुझाएपछि अन्यौलमा परेको हो।

दुई प्रतिवेदनपछि अदालतले दिएको आदेशको सक्कल आईनपुगेको र आदेश आएपछि प्रक्रिया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए।

गत वैशाख २२ गतेको चुनाव रोक्न माग गर्दै परेको मुद्दामा परमादेश आदेश जारी गर्दै अदालतले संघका नक्कली सदस्यहरूलाई करको दायरामा ल्याउन र जिल्ला प्रशासन कार्यालय कैलालीको रोहवरमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएको थियो।

जिल्ला प्रशासनले चुनाव गराउन प्रयास गरे पनि अझै विवाद समाधान हुन नसक्दा चुनाव अन्योलमा परेको हो। गत वैशाख २२ गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य सघको चुनावको प्रचारप्रसारदेखि उम्मेद्वारले उम्मेद्वारी समेत दर्ता गरेपछि उच्च अदालत दिपायलले निर्वाचनको पूर्वसन्ध्यामा वैशाख २० गते निर्वाचन स्थगित गर्न आदेश दिएको थियो। यसअघि स्थगित गरिएको चुनावमा पुष्प कुँवर र रुपेश स्वार प्यानल सहित चुनावी मैदानमा थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?