
काठमाडौँ– ओप्पोले नयाँ उत्पादन ‘ओप्पो एफनाइन’ बजारमा ल्याएको छ । ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी ३ आकर्षक रंगमा एफनाइन उपलव्ध छ ।
यो ६.३ इन्चको वाटरड्रप स्क्रिन डिजाइनमा छ । ३५०० एमएएच पावरको ब्याट्री, २५ मेगापेक्सलको फ्रन्ट क्यामेरा र १६ तथा २ मेगापेक्सलमा ब्याक क्यामेरा छ । चार क्यामेरा रहेको फोन ४ जिबी र ६ जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ।
फोनलाई क्रमशः ६४ र २ सय ५६ जिबीसम्म बढाउन सकिन्छ । ४ र ६ जिबीको फोनलाई क्रमशः ४१ हजार ५ सय ९० र ४५ हजार ५ सय ९० मूल्य तोकिएको छ ।
यसको भिओओसीमा तीब्र र सुरक्षित चार्ज सुविधा उपलब्ध गराउन न्यून टेम्प्रेचर र भोल्टेजसहित, चार्जिङ एडेप्टर लगायतका ५ भिन्न सुरक्षा तहको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
फोनमा ५ मिनेट चार्ज गर्दा २ घन्टाको टक टाइम दिने भोक फ्ल्यास चार्जिङको सुविधा रहेकाले ग्राहकको पहिलो रोजाईमा पर्ने ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले विश्वास व्यक्त गरे ।