
काठमाडौँ–नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्राङ्गणमा आफ्नो सातौ एक्स्टेन्सन काउन्टर स्थापना गरेको छ ।
एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । मन्दिरमा आउने भक्तजनहरुले प्रदान गर्ने दान दक्षिणालाई संकलन गर्न काउन्टरले सहयोग पुग्ने छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषसंग मिलेर बैंकले २०७२ सालको महाभूकम्पले जिर्ण बनाएको महास्नान घरको पुनर्निर्माण गरिरहेको छ ।
आठ लाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको हाल ७७ वटा शाखा तथा १०१ वटा एटिएम छन् ।
५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्र रहेका छन् । बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छन् ।