
धनगढी-कञचनपुरको महेन्द्रनगरमा एक सातादेखि लगाईएको कर्फ्यू प्रशासनले हटाएको छ।
१३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा सग्लनलाई बचाउन मानसिक सन्तुलन विग्रेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको प्रहरीले विहिवारदेखि पटक पटक कर्फ्यू लगाउदै आएको थियो।
विहिवार प्रहरीको गोली लागेर ८ जना घाईते भएपछि लगाईएको कर्फ्यू शुक्रवार विहान हटाईएको थियो।
एक्कासि शुक्रवार साझ आन्दोलनले उग्र रुप लिएपछि प्रहरीको गोली लागेर सहिद सन्नी खुनाको ज्यान गएपछि स्थानीय प्रशासनले शुक्रवारदेखि कर्फ्यू लगाउदै आएको थियो।
कर्फ्यू लगाईएको एक हप्तापछि प्रशासनले पूर्ण रुपमा कर्फ्यू हटाएको जनाएको छ। स्थिति समान्य बन्दै गएपछि विहिवारदेखि कर्फ्यू हटाईएको प्रमुख प्रहरी उपरिक्षक कुँवेर कडायतले जानकारी दिए।
‘अव स्थिति सामान्य भईसकेको छ।’ उनले भने, ‘ कर्फ्यू लगाउन आवश्यक नभएका कारण कर्फ्यू हटाईएको हो।’ बम दिदी बहिनिको पनि म्याद थप
निर्मलाको हत्यामा सग्लनको आशकामा पक्राउ परेका भीमदत्त नगरपालिका १८ निम्बुखेडाका दिदीबहिनी रोशनी र बबिता बमको विहिवार दोस्रो पटक म्याद थप गरिएको छ।बम दिदीबहिनीको ७ दिनका लागि अदालतबाट म्याद थप गरिएको कडयतले बताए।