
अ
+
अ
अ
-
धनगढी- वृद्ध दम्पती हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत कैलालीले जन्म कैदको सजाय सुनाएको छ ।
धनगढी उपमहानगरपालिका, ७ का वृद्ध दम्पती ७२ वर्षीय बद्री प्रसाद जोशी र उहाँकी श्रीमती ६५ बर्षीया कुन्तीदेवी जोशीको धारिलो हतियार प्रयोग गरि विभत्स ढंगले हत्या भएको थियो ।
उक्त घटनामा दोषी रहेका बझाङको थलारा गाउपालिका ३ की २१ वर्षीया पुजा बटाला र कलक बटालालाई जन्मकैदको सजाय सुनाइएको अदालतका निमित्त श्रेष्तेदार फणेश्वरी घिमिरेले बताइन् ।
उनीहरुलाई न्यायाधिस विष्णु प्रसाद अर्यालयको इजलासले जन्मकैदको सजाय सुनाएको हो । गत वर्षको जेठ ८ गते आफ्नै घरमा सुतिरहेका अवस्थामा वृद्ध दम्पतीको हत्या भएको थियो । घटनामा संलग्न भनिएकी पुजाकी आमा हिमकला वलि भने फरार छिन् । उनको सजाय भने पक्राउ परेपछि मात्रै सुनाइने घिमिरेले जानकारी दिईन ।