कञ्चनपुरमा फेरि किशोरीमाथि सामूहिक बलात्कार, एसपी घटनास्थलमा

कञ्चनपुरमा फेरि किशोरीमाथि सामूहिक बलात्कार, एसपी घटनास्थलमा
+
-

धनगढी – गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि एक अर्की किशोरीमाथि सामूहिक बलात्कार भएको घटना आएको छ ।

बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले जानकारी दिए । किशोरीका आफन्तले बेल्डाडी प्रहरीमा उजुरी दर्ता गराएका छन । उक्त उजुरीमा चार जनाले सामूहिक बलात्कार गरेको उल्लेख गरिएको छ ।

उनले चार जना युवकले किशोरीको बलात्कार गरेको भन्दै उजुरी परेको र घटनालगत्तै ति चारै जना फरार रहेकोले खोजी कार्य तिब्र पारीएको जानकारी दिए । प्रहरीका अनुसार बिहिबारराति किशोरीको घरमा पुजा थियो । सोही मौका छोपेर ति किशोरीलाई युवकले सडकमा बोलाएको र त्यसपछि मोटरसाईकलमा राखेर जबदिया गाउँ लगेर बलात्कार गरेका थिए ।

घटनाबारे बुझ्न कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायत आफै बेल्डाडी गएका छन् । अहिले बाटोमै रहेका कडायतले भने, ‘म अहिले बाटोमै छु । बलात्कारको घटनाबारे बुझन् आफै टोली लिएर जादैछु । त्यहाँ पुगेपछि के रहेछ सबै कुरा थाहा हुन्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?