मेगा बैंकको सिन्धुलीमा एकैदिन दुई शाखारहित बैंकिङ सेवा

मेगा बैंकको सिन्धुलीमा एकैदिन दुई शाखारहित बैंकिङ सेवा
+
-

काठमाडौँ – मेगा बैँक नेपाल लिमिटेडले एकै दिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारी र सोही गाउँपालिकाको वडा नम्बर ११ चकमकेमा मेगा बैंकले शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा शाखारहित बैँकिङ्ग सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष गोबिन्दबहादुर राउतले बेलघारीका जनताहरुको बिगत १० बर्षदेखि गाउँबाटै बैकिङ्ग सेवा पाउने सपना अहिले आएर मेगा बैक नेपाल लिमिटेडले साकार गरिदिएको भन्दै खुशी व्यक्त गरे ।

यसैगरी, तीनपाटन गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष पुण्यहरि भुजेलले चकमके जस्तो जिल्लाकै बिकट स्थानमा आफ्नो सेवा विस्तार गरेकोमा मेगा बैँकलाई धन्यवाद दिदै स्थानीय जनप्रतिनिधिको हैसियतमा आफूले सक्दो सहयोग गर्ने बताए ।

मेगा बैँकका माईक्रो बैँकिङ्ग विभागका अधिकृत शिबहरी भण्डारीले एक सय भन्दा बढी शाखा कार्यालय तथा १ सय १९ शाखारहित बैकिङ्ग सेवामार्फत मेगा बैंकले देशका बिभिन्न स्थानबाट बैकिङ्ग सेवा प्रदान गराउँदै आएको जानकारी दिए ।

मेगा बैंकका सिन्धुली शाखा प्रबन्धक केशबप्रसाद देवकोटाले मेगा बैकको खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने र १० लाखसम्मको सरल कर्जा शाखारहित बंैकिङवाट उपलब्ध हुने जानकारी गराएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?