
काठमाडौं- यही भाद्र २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो’ आयोजना हुने भएको छ।
नाडा मोबाईल्स एशोसिएशन अफ नेपालले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘नाडा अटो शो’ आयोजना गर्न लागिएको जानकारी गराएको हो।
सवारी साधन तथा अटो कम्पोनेन्टस सम्बन्धि सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई त्यसका आधुनिक तथा प्राविधिक विषयबारे प्रर्वद्धन गर्न ‘शो’ आयोजना गर्न लागिएको नाडा अटो शोका संयोजक निराकार श्रेष्ठले जानकारी दिए।
६ दिनसम्म चल्ने ‘शो’ मा १९ वटा ब्राण्डका ४ पाङग्रे, २० वटा ब्राण्डका २ पाङग्रे राखिनेछ।
त्यसैगरी शोमा ब्राण्डेड सवारी साधनहरुको खरिद बिक्रीका लागि आवश्यक जानकारी लिने व्यवस्था पनि गरिने ‘शो’ का संयोजक श्रेष्ठले बताए।