भदौ २६ गतेदेखि काठमाडौँमा नाडा अटो-शो

भदौ २६ गतेदेखि काठमाडौँमा नाडा अटो-शो
+
-

काठमाडाैँ – नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपाल र ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले यही भदौ २६ गतेदेखि काठमाडौँमा नाडा अटो-शो गर्ने भएको छ । नाडाले काठमाडौँमा पत्रकार सम्मेलन गरेर भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने जानकारी दिएको हो ।

६ दिनसम्म चल्ने १३ औं नाडा अटो शोमा विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन राखिने छन् । कार्यक्रम संयोजक निराकार श्रेष्ठले १९ वटाचार पांग्रे र २० वटा दुई पांग्रे ब्राण्डले मेलामा सहभागिता जनाउने बताए । यस वर्ष स्थान अभाव भएकाले हेभी कमर्सियल सवारी साधन प्रदर्शनीमा नराखिने भएको छ ।

उनकाअनुसार सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका पनि स्टल राखिने छन् । नाडाले दशैँ आउनुभन्दा झण्डै महिना दिन अगाडि गर्न लागिएको अटो शोमा सवारीका नयाा मोडलहरु सार्वजनिक गरिने छ । यो वर्ष मेलाका लागि ३ वटा ह्यांगरहरु निर्माण गरिनेछ ।

मेलामा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने बताएको छ ।मेलामा अवलोकन गर्नेमध्येबाट दैनिक एकजना भाग्शाली विजेताले कुलप्याड मेगा २.५डी बाइक पनि प्रदान गरिने संयोजक श्रेष्ठले बताए ।

७१ वटा कम्पनीका १३४ स्टल रहने प्रदर्शनीलाई ६० हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाा प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिज बिक्रेताको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

अवलोकनकर्ताहरूको सुविधाका लागि २ पाङग्रे, ४ पांग्रे, कमर्सियल गाडीहरु तथा वित्तिय संस्थाहरुको छुट्टाछुट्टै ठााउहरू निर्धारण गरिएको संयोजक श्रेष्ठले बताए । पर्याप्त पार्किङ सुविधाका लागि यसवर्ष विेशष प्रयास गरिने नाडाले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?