
काठमाडौँ – नेपाल टेलिकमको मोबाइल सेवामा समस्या आएको छ । मंगलबार बिहान ६ बजेदेखि जिएसएम प्रिपेड र पोस्टपेड मोबाइल सेवाको नेटवर्कमा समस्या आएको नेपाल टेलिकमले जनाएको छ ।
काठमाडौँ उपत्यकासहित पूर्वको विराटनगर, पश्चिममा पोखरासहितका क्षेत्रमा मोबाइलको नेटवर्कमा समस्या देखिएको हो । अहिले समाधानको प्रयास भइरहेको टेलिकमले जनाएको छ ।
केही मोबाइलमा फोन लाग्न थाले पनि अहिले पनि समस्या कायमै रहेको र पूर्ण रुपमा समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकम कार्यालयले जनाएको छ । काठमाडौँको सुन्धारासहित देशभरका धेरै नेटवर्क प्वाइन्टमा समस्या देखिएको हो ।