
काठमाडौँ – ज्योति विकास बैंक लिमिटेडको उच्च व्यवसथपनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । सोमबार बैंकको नायव महाप्रबन्धकमा शुशिल कुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका हुन् ।
शुशिलकुमार शर्माको २३ वर्ष नेपाल एसबिआई बैंक लिमिटेड र ५ वर्ष नबिल बैंकमा काम गरेको अनुभव रहेको छ । उनी यसअघि एसबिआई बैंकको क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत थिए ।
त्यसैगरी रामहरि आचार्यसँग एभरेष्ट बैंकमा २० वर्ष काम गरेको अनुभब रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर आचार्य यसअघि एभरेष्ट बैंकको प्रबन्धकको रुपमा कार्यरत थिए । उच्च व्यवस्थापनमा स्थापित वाणिज्य बैंकमा लामो समयसम्म महत्वपूर्ण भूमिकामा रहेका व्यक्तिहरुको नियुक्तिले ज्योति विकास बैंकको लक्ष्य प्राप्ति यात्रा अझ सहज हुने बिश्वास गरिएको छ ।
हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएमार्फत सेवा उपलव्ध गराउँदै आएको छ भने थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।